पेरिसमा टाउको काटेर हत्या गरिएका शिक्षकको समर्थनमा हजारौँको प्रदर्शन | Khabarhub Khabarhub

पेरिसमा टाउको काटेर हत्या गरिएका शिक्षकको समर्थनमा हजारौँको प्रदर्शन


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिसमा गत शुक्रबार इस्लामिक अतिवादीले टाउको काटी हत्या गरेका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्समा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

तस्वीर : ईपीए

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै एक जना चेचेन युवाले पटीको टाउको काटेर हत्या गरेका थिए।

त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

पेरिसमा प्रदर्शनमा सहभागी मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए।

टाउको काटी हत्या गरेका शिक्षक स्यामुअल पटी । तस्वीर : एएफपी

राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ‘अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन्।

फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन्।

अर्थमन्त्री ब्रुनो ले-मेरले केही इस्लामिक सङ्गठनहरूमा रकम आदानप्रदान हुने व्यवस्थामा थप नियन्त्रण गर्न आफूले अब प्रस्ताव गर्ने बताएका छन्।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ०५ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,