ज्यान गुमाउन पनि टस ! | Khabarhub Khabarhub

ज्यान गुमाउन पनि टस !


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको बिहारस्थित मुजफ्फरपुर जिल्लामा एक अनौठो तर दर्दनाक घटना भएको छ । जहाँ एक दम्पतीले रेलको सामुन्ने हाल फालेर आत्महत्या गरेका छन् ।

मुजफ्फरपुरको सकडमा थाना क्षेत्रको चन्दनपटी गाउँ निवासी दम्पती दीपक साह र उनकी पत्नी रिंकू देवीले घरेलु विवाद सहन नसकि रेलको सामु हाम फालेर आत्महत्या गरेका छन्।

आत्महत्या पहिले उनीहरुले साथै लगेका छोरालाई छोरालाई घर जान अह्राए । आमाबुवाको आदेश मानेर जब छोरा अगाडी बढेका मात्र थिए, आउदै गरेको रेलको सामुन्ने पहिले उनकी आमाले हाम फालेर आत्महत्या गरिन् ।

लगत्तै उनको बुवाले समेत आमा झै हाम फालेर आत्महत्या गरे । यो सबै दृष्य उनका छोराले देखे । लगत्तै उनले घरका अन्य सदस्यलाई बोलाए ।

खासमा दीपक र रिंकूदेवीको घरमा पारिवारिक विवाद हुने गर्दथ्यो । दुबै एकआपसमा बाजाबाज गर्दथे । मृतक दम्पतीका एक मात्र सन्तान उनका छोराका अनुसार घरमा बाझिरहेका उनका बुवाआमा छोरालाई समेत एक्लै बाचेर केहि नहुने भन्दै साथमा रेल्वे स्टेशन लिएर गए ।

त्यहा उनीहरुले निकै बेर गलफती गरेपछि सिक्काले टस गरे र छोरा बाचेको भन्दै उनलाई घर जान अह्राए । जसै उनी घर जान फर्किए लगत्तै दुबैले आउदै गरको रेलका सामुन्ने हाम फालेर आत्महत्या गरे ।

स्थानीय प्रहरी घटनास्थलबाट दुबैका शव पोस्टमार्टमका लागी पठाएको छ । ३६ वर्षीय दीपक र ३२ बर्षीया रिंकूले घर झगडाबाट मुक्ति पाउन आत्महत्याको बाटो रोजेको भारतीय प्रहरीको आशंका छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६