पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्बद्ध ९ जना पक्राउ | Khabarhub Khabarhub

पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्बद्ध ९ जना पक्राउ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्बद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

एनआईएले ९ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ ।

एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल) मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।”

पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो ।

“यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ ।

९ मध्ये ६ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइउको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : २५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको