नेम्वाङको समन्वयमा इलाम अस्पतालमा भेन्टिलेटर | Khabarhub Khabarhub

नेम्वाङको समन्वयमा इलाम अस्पतालमा भेन्टिलेटर


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङको समन्वयमा इलाम अस्पतालमा दुईटा भेन्टिलेटर जडान गरिएको छ ।

भेन्टिलेटरको अभावमा अन्य अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ ।

पूर्वी पहाडी जिल्लामा नै भेन्टिलेटर भएका अस्पताल यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको थियो । नेम्वाङमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा यसको विषय पुर्‍याएपछि भेन्टिलेटर उपलब्ध गराइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो ।  भेन्टिलेटर उपलब्ध भए पनि तत्काल सेवा दिने अवस्था छैन ।

दक्ष जनशक्ति अभाव भएकाले केही महीनापछि मात्र सञ्चालन हुने अस्पतालका प्रमुख एवम् जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले जानकारी दिए ।

अहिले इलाम अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि ३ जनामात्रै कार्यरत छन् । निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ३५ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।