इजरायलमा फेरि लकडाउन | Khabarhub Khabarhub

इजरायलमा फेरि लकडाउन


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिएको छ ।

महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गरेको हो । तीन सातासम्म जारी रहने यो लकडाउनमा घरबाहिर ननिस्कन इजरायल सरकारले आह्वान गरेको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि फेरि लकडाउन गरिएको प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले जनाएका छन् ।

९० लाख जनसंख्या भएको इजरायलमा पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणबाट १ हजार १९६ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजारभन्दा बढीलाई संक्रमण भएको छ।

यसअघि इजरायलले मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म पनि लकडाउन गरेको थियो ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ३० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको