सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपको टोली ५ विकेटले विजयी | Khabarhub Khabarhub

सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपको टोली ५ विकेटले विजयी


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमाइका तलाहवाजले वजयी शुरुवात गरेको छ ।

सेन्ट लुसिया जुक्ससँग भएको खेलमा जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो ।

१८.५ ओभरमा १६० रन बनाउँदै तलाहवाजले निर्धारित लक्ष्य पूरा गरेको थियो । यसअघि ब्याटिङ गरेको लुसिया जुक्सले १५९ रनको  विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका थिए । उनको आजको खेल औसत रह्यो ।

सेन्ट लुसिया जुक्ससँगको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

२० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट क्याचआउट भएका थिए । आजको खेलमा सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।

टस हारेर ब्याटिङ थालेको जुक्सले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका थिए । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : २३ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको