रिजाल भारतीय दोस्रो डिभिजन क्लबमा आवद्ध | Khabarhub Khabarhub

रिजाल भारतीय दोस्रो डिभिजन क्लबमा आवद्ध


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्टाइकर अभिषेक रिजाल भारतीय दोस्रो डिभिजन लिगमा आवद्ध भएका छन्।

उनी आई लिगको दोस्रो डिभिजन क्लब मोहम्मदेन एससीसँग ३ वर्षका लागि आवद्ध भएका छन्।

अभिषेकलाई मोहम्मदेनले एसियाली खेलाडीको कोटामा अनुवन्ध गरेको हो।

अभिषेक र क्लबबीच यति क्लब आई लिगमा छनोट भएन भने अन्य आई लिग वा अरु क्लबबाट अफर आए जानसक्ने भन्ने सम्झौता भएको बताइएको छ।

नेपालको शीर्ष डिभिजन लिग गएको वर्ष मछिन्द्र क्लबबाट खेलेका अभिषेक लिगको अन्तिमतिर माल्दिभ्सको दोस्रो डिभिजन लिग खेल्न गएका थिए।

राष्ट्रिय टोलीमा आफूलाई स्थापित गरेका अभिषेक लामो समयदेखि भारतीय क्लबमाा अनुवन्ध हुन खोजिरहेका थिए।

के कति रकममा उनी अनुबन्ध भए भन्ने खुलाइएको छैन्।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ३९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ