चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित | Khabarhub Khabarhub

चिकित्सकको लाइसेन्स परीक्षा फेरि स्थगित


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा फेरि स्थगित गरेको छ ।

भदौ ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा स्थगित गरेको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण परीक्षण स्थगित गरिएको काउन्सिलले जनाएको छ ।

उक्त परीक्षा कोरोना संक्रमणको अवस्था कम भएपछि मात्र हुने काउन्सिलले प्रष्ट पारेको छ । त्यसका लागि परीक्षा मिति र परीक्षा केन्द्र पछि नै तोकिने बताइएको छ ।

यसअघि गत चैत ८ देखि शुरू हुने भनिएको चिकित्सकहरुको लाइसेन्स परीक्षा कोरोनाकै कारण स्थगित भएको थियो ।

साउन ६ गते लकडाउन खुलेसँगै काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा लिने तयारी गरेको थियो । काउन्सिलले एमबीबीएस र बीडीएस उत्तिर्णहरूको लाइसेन्स परीक्षा लिदै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ३८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न