उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण | Khabarhub Khabarhub

उपप्रधानमन्त्री पोखरेलद्वारा राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ।

आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको हो ।

आज विहान राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज विहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो ।

वि. सं. १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मेका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए ।

स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : ४८ बजे

आरल्याण्डले दियो नेपाललाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना