झण्डा जलाउने समूहका चार जना समातिए | Khabarhub Khabarhub

झण्डा जलाउने समूहका चार जना समातिए


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने समूहका थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अहिलेसम्म चार जना पक्राउ परेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले जानकारी दिए।

सार्वजनिक म्युजिक भिडियो गत भदौ १ गते युट्युबमा अपलोड गरिएको थियो।

एसएसपी थापाका अनुसार अब ६/७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ।

पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको थापाले बताए।

भिडियोका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी पनि गरेको थापाले बताए।

भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ५५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न