सोमालियामा अल–शबाबका सात लडाकू मारिए | Khabarhub Khabarhub

सोमालियामा अल–शबाबका सात लडाकू मारिए


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु – अफ्रिकी मुलुक सोमालियाको सेनाले गरेको कारबाहीमा इस्लामिक विद्रोही समूह अल–शबाबका छ जना लडाकूको मृत्यु भएको छ ।

सेनाका एक कमान्डर अडेन मोहमद इब्राहिमका अनुसार ती लडाकूहरु किस्मायो प्रान्तको बाहिरी इलाकामा भएको सैनिक कारबाहीमा मारिएका हुन् ।

इब्राहिमले कोबान र बुला हाजी गाउँमा सेना र विद्रोहीबीच भिषण संघर्ष भएको पनि बताए । सैन्य कारबाहीका क्रममा धेरै वटा गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको र ठूलो परिमाणमा हातहतियार बरामद भएको उनले दाबी गरे ।

गत जुलाई १२ मा पनि बे क्षेत्रको दक्षिणी भागमा सेनाले गरेको अर्को कारबाहीमा सात जना अल–शबाबका लडाकू मारिएका थिए भने केही घाइते भएका थिए ।

यसैबीच, सोमालियाका आन्तरिक सुरक्षामन्त्री अब्दिनासिर सइद मुसे एउटा हत्या प्रयासबाट बचेका छन् । राजधानी मोगादिशु बाहिर होडान जिल्लाको भ्रमणका क्रममा सडक किनारामा थापिएको विद्युतीय धरापमा उनको सवारी साधन परेको थियो, तर सुरक्षा निकायहरुले उनी अर्को सवारी साधनमा चढेकाले बाँच्न सफल भएको बताएका छन् ।

उक्त घटनाको कसैले जिम्मेवारी लिएका छैनन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ४३ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन