आदित्य चोपडाले भने – सुशान्तसँग कुनै नेपोटिज्म भएको थिएन | Khabarhub Khabarhub

आदित्य चोपडाले भने – सुशान्तसँग कुनै नेपोटिज्म भएको थिएन


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्याको कारण खोज्दै मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ । उनका नजिकका साथी तथा आफन्तसँग सोधपुछ गरिएको छ ।

केही बलिउडकर्मी सेलिब्रेटीलाई पनि यो केशमा सोधपुछ गरिएको छ । सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस पनि चर्केको छ ।

यसैबीच प्रहरीले बलिउडकर्मी आदित्य चोपडासँग पनि सोधपुछ गरेको छ । उनीसँग प्रहरीले झण्डै ४ घण्टा सोधपुछ गरेको हो ।

यो प्रकरणमा निर्देशक शेखर कपूरले आदित्य चोपडामाथि आरोप लगाएका थिए ।

आदित्यले फिल्म ‘पानी’ निर्माण गर्ने भनिएका बेला उनी कुनै डिप्रेसनमा नभएको बताएका छन् । उनले शेखर कपूरले लगाएको आरोप झुठो भएको दाबी गरेका छन् ।

यशराजले ‘पानी’ फिल्मका लागि सन् २०१३ को अप्रिलमा साइन गरेका थिए । साथै उनले सोधपुछका क्रममा सुशान्तसँग कुनै नेपोटिज्म या गुप्रिजम नभएको पनि बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ११ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न