बर्नलीसँग नर्विच सिटी पराजित | Khabarhub Khabarhub

बर्नलीसँग नर्विच सिटी पराजित


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सीमित नर्विचविरूद्ध २-० को सहज जीत हात पार्‍यो ।

घरेलु मैदानमा नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो । खेलको ३५औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।

४५औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो ।

जसको फाइदा बर्नलीले उठाउँदै पहिलो हाफको इन्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८०औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २-० ले विजयी भयो ।

जीतसँगै ५४ अंक जोडेर बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ । नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ । नर्विज भने रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ४२ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर