निर्देशिका विपरीत पीसीआर परीक्षण नगर्न आग्रह | Khabarhub Khabarhub

निर्देशिका विपरीत पीसीआर परीक्षण नगर्न आग्रह


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका विपरीत आएका नमूनाहरूको पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ।

कोभिड-१९ को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशिका विपरीत नमूना संकलन गरेर पीसीआर परीक्षणका लागि दबाब दिने गरिएकोप्रति मन्त्रालयको धानाकर्षण भएको जानकारी दिए ।

यसरी नमूना संकलन गरिँदा स्रोतसाधनको दुरुपयोग हुने, परीक्षणको लागि आवश्यक व्यक्तिहरूको समयमै परीक्षण हुन नपाउने समस्या देखिएको उनले बताए ।

निर्देशिकामा तोकिएबमोजिमका व्यक्तिहरूको नमूना मात्र संकलन गरी परीक्षण गर्न गराउन सम्बन्धित निकायलाई उनले आग्रह गरे ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : ०७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द