सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी | Khabarhub Khabarhub

सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानूनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन् ।

ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो । त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ ।

आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नहुँदा व्यक्तिगत रुपमा आयातकर्ताले आयात गर्दा त्यसलाई गैरकानूनी मानिने रहेको छ ।

ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडीहरु छुटाउन नसकेको सो कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताए । यसैबीच वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा राजश्व संकलनमा रु ११ अर्ब घाटा बेहोर्नु परेको छ ।

कार्यालयका सूचना अधिकारी विमलकुमार साहका अनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म एक खर्ब ७२ अर्ब ९० करोड ६२ लाख ४५ हजार राजश्व उठाउने लक्ष्य भएकोमा ६४ दशमलब ७१ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड ८५ लाख २३ हजारमात्र राजश्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  २ : ०१ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा