गलवान भिडन्तमा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो | Khabarhub Khabarhub

गलवान भिडन्तमा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गर्‍यो


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारत-चीन सीमा क्षेत्र गलवान उपत्यकामा भएको भिडन्तका क्रममा चीनको कब्जामा रहेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ ।

सीमा क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । नियन्त्रणमा रहेका १० जनालाई चीनले रिहा गरेको छ । भिडन्तको ३ दिनपछि चीनले रिहा गरेको हो ।

चीनले बिहीबार बेलुका १० भारतीय सैनिकलाई रिहा गरेको खबर द हिन्दूमा प्रकाशित छ।

सुहासिनी हैदर र दिनकर पेरीले हिन्दूमा लेखेको समाचार अनुसार भारत र चीनको आर्मीका मेजर जनरल तहमा भएको वार्तापछि बन्धक रहेका भारतीय सैनिक स्वतन्त्र भएका हुन् ।

पूर्व लद्दाखसँगैको गलवान उपत्यकाको वास्तविक नियन्त्रण रेखा (एएलसी) मा गएको सोमबार राति भारत र चीनका सैनिकबिच भिडन्त भएको थियो । सो भिडन्तमा भारतका एक उच्च सैनिक कमाण्डरसहित २० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १२ : ४८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०