चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिँदै | Khabarhub Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई प्रशिक्षण दिँदै


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणका तय गरिएको कार्यशाला वेबनार एप जुममार्फत सञ्चालन हुनेछ ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटी र नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय पार्टी स्कूल विभागको संयुक्त संयोजनमा यस्तो कार्यशाला निश्चित गरिएको हो।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

भिडियो अन्तर्क्रियामा नेपालका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुनेछन्। नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ। यसअघि गत वर्ष असोजमा दुवै देशका पार्टीको संयुक्त पहलमा काठमाडौंमा दुई दिने विचार गोष्ठी गरिएको थियो।

नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेलले शुक्रबार सीपीसीका नेताहरूसँग विकास निर्माण, कोरोनाले पारेको प्रभाव, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, अन्तरदेशीय सीमा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

यद्यपि स्थायी कमिटी सदस्यसमेत रहेका पौडेल भने सहभागी हुने छैनन् । उनी रुकुमको चौरजहारी हत्याकाण्डको छानबिन गर्न संसदीय समितिको नेतृत्व गर्दै रुकुम गएका छन् ।

उनले नेकपाका नेताहरू चीन नै जाने कार्यक्रम रहेको तर कोरोनाका कारण सम्भव नभएपछि वेबनार एप जुममार्फत अन्तरक्रियाको आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १२ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०