कमल थापाको प्रश्न - के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? | Khabarhub Khabarhub

कमल थापाको प्रश्न – के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच आज हुन लागेको कार्यशालालाई राप्रपाका अध्यक्ष कमल थापाले ‘वाहियात’ भएको टिप्पणी गरेका छन् ।

आज दुई देशका कम्युनिष्ट पार्टीबीच हुने कार्यशालालाई पार्टी र देश सञ्चालन अनुभव आदानप्रदानका लागि हुन लागेको भनिएको छ ।

आज बिहानै ट्वीटरमार्फत यस विषयमा टिप्पणी गर्दै थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

थापाले लेखेका छन् ‘आपत्तिजनक नवऔपनिवेशिक अभ्यास । अब यसैगरी अन्य राजनीतिक दलहरुले पनि आफु अनुकूलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? स्टप दिस ननसेन्स ।’

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ११ : ४३ बजे

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत