ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकबाट किन भयो 'डिलिट' ? | Khabarhub Khabarhub

ट्रम्पको चुनावी अभियानको विज्ञापन फेसबुकबाट किन भयो ‘डिलिट’ ?


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको विज्ञापन हटाएको छ । चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपमा अस्वभाविक पोस्ट गरिएको भन्दै त्यस्ता पोस्ट र विज्ञापन फेसबुकले हटाएको हो ।

फेसबुकले आफ्नो विज्ञापन नीतिलाई ट्रम्पको चुनावी अभियानका लागि बनाइएको फेसबुक ग्रुपले उल्लंघन गरेको भन्दै एक्शन लिइएको बताएको छ।

फेसबुकका प्रवक्ता एण्डी स्टोनले ट्रम्पको चुनावी अभियानले संगठित रुपमा घृणा फैलाएकाले एक्शन लिइएको जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। ट्रम्पलाई चुनावमा सहयोग गर्ने उद्देश्यले बनाइएको समूहले संगठित रुपमा घृणा फैलाउने पोस्ट गरेको फेसबुकले जनाइको छ।

फेसबुक ग्रुपमा एन्टीफा नामको एक आतंकवादी समूहको प्रतिक चिन्हका रुपमा रहेको उल्टो त्रिभुज पोस्ट गरिएको थियो। फेसबुकले कुनै पनि संगठित घृणा फैलाउने कार्य आफ्नो नीतिविरुद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ५९ बजे

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण