कतार एयरवेजले नयाँ विमान नकिन्ने, अर्डर समेत खारेज | Khabarhub Khabarhub

कतार एयरवेजले नयाँ विमान नकिन्ने, अर्डर समेत खारेज


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले सन् २०२० वा सन् २०२१ मा नयाँ विमान खरिद नगर्ने घोषणा गरेको छ।

कोरोनाभाइरसका कारण विश्वव्यापी संकट उत्पन्न भएकाले माग घटेको जनाउँदै कतार एयरवेजले बोइङ र एयरबससँगका अर्डर पनि खारेज गरेको छ।

गत मार्चसम्ममा २३४ वटा विमान संख्या रहेको तथा विश्वका १७० भन्दा बढी गन्तव्यमा उड्ने कतार एयरवेजले विमानस्थलहरु बन्द तथा यात्रा प्रतिबन्धका कारण ठूलो समस्यासँग जुधिरहेको छ।

अन्तर्राष्ट्रिय हवाई यात्रा संघले गत अप्रिलमा मध्यपूर्व र उत्तर अमेरिकाको हवाई यात्रामा यस वर्ष आधाभन्दा बढीले कमी आउने चेतावनी दिएको थियो।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल–बाकरले नयाँ विमान खरिदका आदेशहरु रद्द गरिएको जानकारी दिए । उनले कम्पनीका तर्फबाट सन् २०२० र अर्को वर्ष नयाँ कुनै विमान खरिद नगर्ने बारेमा बोइङ र एयरबसलाई जानकारी गराइसकिएको पनि बताए ।

अल–बाकरले अर्को दुई वा तीन वर्षभित्र खरिद गर्नेगरी दिइएको अर्डर पनि अब आठदेखि १० वर्ष पछि सारिएको बताए । तर सोचेभन्दा चाँडो परिस्थितिमा सुधार भए हवाई जहाज खरिदमा पुनर्विचार गरिने उनले स्पष्ट गरे ।

कतार एयरवेजले अहिले वित्तीय संकटको सामना गर्नु परेको कम्पनीले जनाएको छ। मार्च २०१९ सम्ममा कम्पनीले करिब ६४ करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ५७ बजे

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र