लकडाउन खुकुलो भएपछि सडकमा निस्किए यी कलाकार | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएपछि सडकमा निस्किए यी कलाकार


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोनाको महामारी झेलेको बलिउड फिल्मनगरी मुम्बईका सडकमा लामो समयपछि मानिसहरु निस्कन थालेका छन् । लकडाउनमा केहि खुकुलो भएसंगै मुम्बईका जनतामात्र होइन बलिउड स्टार समेत खुला हावामा निस्केर स्वास फेर्न पाएकोमा दंग छन् ।

लकडाउनमा केहि खुकलोपना आएसंगै अनिल कपुर अनुहारमा मास्क लगाएर सडकमा निस्किएका हुन् । सँधै आफ्नो स्वास्थ्य र फिटनेसको ख्याल राख्दै आएका कपुर यस पटक लकडाउन खुल्ना साथ मुम्बईको रंगाशाला पुगेका थिए ।

बलिउड अभिनेत्री दिशा पटानी समेत लकडाउन खुकुलो भएसंगै घर बाहिर निस्किएकी छन् । पटानी पनि मास्क लगाएर बजार घुम्न निस्किएकी हुन् ।

अर्की बलिउड अभिनेत्री रकुल प्रीतले समेत आफ्नो रेगुलर वाकिग शुरू गरेकी छन् । ५/६ दिनयता उनी नियमित वाकमा निस्किदै आएकी छन् । उनले समुन्द्र किनारमा पुगेर फ्यानका माझ तस्वीर पनि खिचाएकी छन् ।

बलिउड स्टार सलमान खान पनि आफ्नो फार्महाउसमा रहेका बेला उनकादुबै भाई अरबाज र सोहेल खान मुम्बईमा देखा परेका छन् । सोहेल अर्पाटमेन्ट बाहिर देखिए भने अरबाज गर्लफ्रेण्ड जर्जीया एन्ड्रियानीका साथ एक फ्ल्याटमा रहदै आएका छन् ।

बलिउड अभिनेत्री अदा शर्मा पनि लकडाउन खुकुलो भएसंगै घरबाहिर निस्किएर फलफूल किन्दै गरेको देखिएको थियो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६