प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिँदै | Khabarhub Khabarhub

प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिँदै


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – (बर्दघाट–सुस्ता पूर्व)को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ ।

जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो ।

हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए ।

“प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भने ।

स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उनले बताए ।

“प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उनले भने । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा. पौडेलले बताए ।

अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उनको भनाइ छ ।

शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताए । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ९ : २५ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार