प्रधानमन्त्रीलाई प्रश्न सोध्दै कुन सांसदले के भने ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई प्रश्न सोध्दै कुन सांसदले के भने ?


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल सरकारको आगामी आबको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्दै सांसदहरुले तत्कालै नक्सा सार्वजनिक गर्न माग गरेका हुन ।

यसका लागि सरकारलाई संसद् र राजनीतिक दलले पूर्ण सहयोग गर्नेसमेत सा‌सदहरुले प्रतिबद्धता जनाए । सांसदहरुले कोभिड–१९ को असर कम गर्न र सङ्क्रमण रोक्नका लागि आवश्यक कदम चाल्न पनि सरकारसँग माग गरेका छन् ।

कालापानी लिम्पियाधुरा लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयको स्वागत गर्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने, “सडक उद्घाटन गरेपछि मात्रै थाहा हुने अवस्था किन आयो ? कसका त्रुटिले हो ? जवाफ चाहियो ।” उनले कूटनीतिकरूपमा छिमेकी देशसँग छलफल कति भयो जानकारी भन्दै जानकारी माग गरे । उनले कोभिड–१९ को सङ्क्रमण रोक्न पछिल्लो समयमा भइरहेको गतिविधिबारे जानकारी दिनसमेत माग गरे ।

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गर्दै उक्त विषयमा विभिन्न आशङ्का उब्जिरहेको बताए । उनले नक्साको कदापि दुरुपयोग नहुने विश्वास व्यक्त गरे ।

सांसद प्रेम सुवालले सरकारले स्वीकृत गरेको नक्सा सार्वजनिक किन नगरेको भन्दै प्रश्न उठाए । उनले नयाँ नक्साअनुसार काँडेतार लगाउनसमेत सरकारलाई सुझाव दिए । अर्का सांसद डा अमरेशकुमार सिंहले प्रदेश नं २ मा कोरोना प्रभावित र मजदुरको अवस्था दयनीय भएकाले तत्कालै व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । उनले कर्णाली र प्रदेश नं २ लाई नीति तथा कार्यक्रममा सरकारले सम्बोधन नगरेको भन्दै चिन्ता प्रकट गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना महामारीको चपेटामा परेका विपन्नका लागि राहत प्याकेज ल्याउन माग गरे । राहत प्याकेजबारे उनले प्रधानमन्त्रीको धारणा माग गरे । उनले साना, मझौला उद्यमी, पर्यटन व्यवसायी तथा नीजि क्षेत्रको आत्मविश्वास अभिवृद्धिका लागि सरकारले अघि सारेको योजनाबारे जानकारी दिन आग्रह गरे ।

अर्का सांसद मीनबहादुर विश्वकर्माले लकडाउनका कारण उद्योग, व्यवसाय, होटल उत्थानका विषयमा नीति तथा कार्यक्रममा ठोस कुरा उल्लेख नभएको भन्दै गुनासो गरे । सांसद सत्यनारायण शर्मा खनालले लकडाउनले भोको बस्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुका लागि सरकारले ल्याउन लागेको कार्यक्रमबारे प्रष्ट पार्न माग गरे ।

सांसद भारत शाहले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाए पनि चीनले त्यस्तै बाटो नबनाएसम्म सञ्चालन नहुने भएकाले चीनलाई पनि त्यस्तै कूटनीतिक नोट पठाउनुपर्ने आवश्यकता औँल्याए । त्यस विषयमा सरकारको तयारी के छ भन्दै उनले प्रधानमन्त्री ओलीको जवाफ मागे ।

सांसद डिला सङ्गौलाले खाना नपाएर कोही मर्नु पर्दैन भन्दै प्रधानमन्त्रीले उल्लेख गरेको कुरा व्यवहारमा लागू गर्न माग गरिन । विदेशमा खान नपाएर भोकै मर्न लागेको अवस्था जगजायर भएकाले उनीहरुलाई तत्कालै उद्धार गरेर ल्याउन उनले माग गरिन ।

सांसद पुष्पा भुषाल गौतमले कोरोनामाथि विजय हासिल गर्ने प्रधानमन्त्रीको सङ्कल्प रहे पनि मुलुकभरको क्वारेन्टाइनको अवस्था कमजोर रहेकामा सरकारको ध्यानाकर्षण गराइन । सांसद उमा रेग्मीले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिको विषयमा सरकारको प्रतिक्रिया नआउनु दुःखद् कुरा भएको बताइन ।

सांसद उमाकान्त चौधरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा ठोस कार्यक्रमबारे र कोरोनाका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल भित्र्याउने विषयमा सरकारको तयारीबारे जानकारी माग गरे । सांसद भीमसेनदास प्रधानले सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार नेपालको नक्सा तत्काल सार्वजनिक गर्न माग गरे ।

सांसद महेन्द्रराय यादवले प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने कुरा ल्याएकामा खुशी व्यक्त गर्दे विगतमा संविधान संशोधन गर्न राखिएको मागको सम्बोधन हुन नहुनेबारेमा प्रष्ट्याउन पनि माग गरे । कोरोना प्रभावितको व्यवस्थापनमा ध्यान दिनसमेत सरकारसँग आग्रह गरे ।

काँग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने सरकराको निर्णयको स्वागत गरे । अतिक्रमित भूभाग फिर्ता गराउन सरकारलाई संसद र काँग्रेसले के सहयोग गर्नुपर्ने हो सहयोग गर्न तयार रहेको भन्दै उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  ३ : ३८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द