'नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको' | Khabarhub Khabarhub

‘नेपालमा गुणस्तरीय क्वारेन्टाइनको संख्या २३ हजार जनाको’


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गुणस्तरीय क्वारेन्टाइनको क्षमता २३ हजार जनाको मात्रै रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रमको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सक्ने क्वारेटाइन भए पनि २३ हजार जना बस्ने मात्रै गुणस्तरीय भएको बताए।

अहिले सबै ठाउँका क्वारेन्टिनमा मानिस नराखिएकाले गुणस्तर नभएको बताउँदै उनले गुणस्तर नभएकालाई सुधार गर्नुपर्ने खाँचो औल्याएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबार साँझसम्म २० हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  २ : ३४ बजे

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा