सेनाले ग्वाङ्जाओबाट ल्यायो १८ टनभन्दा बढी स्वास्थ्य सामग्री | Khabarhub Khabarhub

सेनाले ग्वाङ्जाओबाट ल्यायो १८ टनभन्दा बढी स्वास्थ्य सामग्री


६ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज आज बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहास सोमबार राति ग्वाङ्जाओ उडेको थियो । ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिए ।

ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत रहेका छन् । सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो ।

सेनाले जम्मा ३४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ । सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।

प्रकाशित मिति : ६ जेठ २०७७, मंगलबार  १२ : ०३ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्