नेपालीको आत्मबलले जित्दै कोरोना भाइरस | Khabarhub Khabarhub

नेपालीको आत्मबलले जित्दै कोरोना भाइरस


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्था शनिबार र आइतबार दुई दिनमा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् ।

३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् । शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि खुशी भएका हुन् । त्यसभन्दा अगाडि चीनको वुहानबाट आएका एक सङ्क्रमित पहिले नै स्वस्थ्य भएर घर फर्किसकेका थिए ।

बाग्लुङकी ६५ वर्षीया महिलामा दम र उच्चरक्तचापको बिरामी भए पनि सङ्क्रमणलाई जितेर घर फर्किनु र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ८१ वर्षीया महिलाको पनि स्वास्थ्य सामान्य नै रहेको छ । ती दुई उदाहरणले सङ्क्रमणसँग लड्न नेपालीमा साँच्चै नै आत्मबल र उपचार पद्धतिको प्रक्रिया राम्रो भएको चिकित्सकले बताएका छन् ।

अर्को कुरा समयमा नै सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि नेपालमा सङ्क्रमण फैलिन पाएन । तैपनि नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले बताए ।

पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका तीनैजना बिरामीले पनि सरकारको उपचारमा राम्रो तयारी र आफ्नो आत्मबलले कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताएका थिए । यो २४ घण्टामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्किएकी हुन् । उनी फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना भएकी थिइन ।

यसैगरी शनिबार राति नै धौवलागिरि अञ्चल अस्पतालमा उपचारत बागलुङ घर भएकी कोभिड–१९ सङ्क्रमित ६५ वर्षीया पनि डिस्चार्ज  भइन् । आइतबार धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्किए। उनलाई गत चैत २२ गते सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएकामा खुशी लागेको बताए । उनले शरीरसँग लड्ने क्षमता भएका कारणले चाँडो निको भएको बताए । सङ्क्रमित भएका कोही पनि सघन उपचार कक्षमा लगेर उपचार गर्नु परेको छैन उनले भने, सबैलाई आइसोलेशनमा राखेर उपचार गरिरहेका छौँ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले टेकुमा उपचार गराइरहेका अर्का एकजनामा पनि सामान्य रहेको जानकारी दिए । उनका अनुसार ती बिरामी सोमबार र मङ्गलबार कोभिड–१९ को परीक्षण नतिजाका आधारमा डिस्चार्ज गरिने छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले बिरामीलाई समयमा नै अस्पताल पु¥याएको र अस्पतालमा रहेको प्राविधिक दक्ष जनशक्तिका कारण सङ्क्रमितलाई दुर्घटनाबाट जोगाउन सकिएको बताए ।

उनले सबै बिरामीमा भएको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताए ।  “हामी कहाँ कोही पनि बिरामी सिकिस्त छैनन्”, उनले भने, सङ्क्रमण पछि निको भएका बिरामीले पनि आत्मबलले कोभिड–१९ लाई जितेको पाइयो । हामी नेपालीमा आत्मबल नै बढी भएकाले निको भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालीमा रोगसँग लड्ने क्षमता बढी भएको र कडा खालको भाइरस नदेखिएकाले बिरामी निको भएको बताए ।

उनले सङ्क्रमित रहेका तीन जनाबाहेक अरूको पनि स्वास्थ्य सामान्य रहेको बताए । “संसारभरि सङ्क्रमण फैलिएर जीवन क्षति भइरहेको अवस्थामा नेपालमा कसैलाई पनि केही भएको छैन”, उझले भने,  नेपालीमा भएको क्षमताले नै गर्दा सङ्क्रमणबाट केही जीवन क्षति भएन ।”

मन्त्रालयका अनुसार अहिले १०३ जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ, तीमध्ये २७ जना भने सङ्क्रमित हुन् ।

सङ्क्रमितमध्ये १३ उदयपुर, तीन पर्सा, एक रौतहट, दुई चितवन, दुई पाटन अस्पताल, एक टेकु, चार कैलाली र एकजना बागलुगमा उपचाररत छन ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : २० बजे

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका