कोरोना महामारी : कस्तो छ फ्रान्समा रहेका नेपालीहरूको अवस्था ? | Khabarhub Khabarhub

कोरोना महामारी : कस्तो छ फ्रान्समा रहेका नेपालीहरूको अवस्था ?


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका अधिकांशजसो देशमा फैलिएको छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनीलगायत देशले कोरोनाको बढी मार खेपिरहेका छन् ।

विश्वका विभिन्न देशमा नेपालीहरु अध्ययन, रोजगारी र बसोबासका लागि पुगेका छन् । त्यसमध्येको एक हो फ्रान्स । कोरोना भाइरसको संक्रमण फैलदैँ जाँदा फ्रान्समा रहेका नेपालीहरुको समयासमेत बढ्न थालेको छ ।

फ्रान्समा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि बसोबास गर्दै आएका नेपालीहरु कोरोनाको प्रकोप खेपिरहेका छन् । नेपाली नागरिकले नीतिगतदेखि राहत वितरणसम्मका समस्या झेल्नु परेको दुखेसो गरेका छन् ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले अप्रत्यासित रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले धेरै नेपाली समस्यामा परेको बताए ।

खबरहबका लागि प्रशान्त उप्रेतिले सञ्चालन गरेको भिडियो कन्फरेन्समा एनआरएनए फ्रान्सका अध्यक्ष शाहीले भने, ‘फ्रान्समा कोरोनाको जोखिम उच्च छ । यतिबेला धेरै नेपाली नागरिकहरुले राहतको अपेक्षा गरेका छन् । महामारी बढ्दै गएको र सरकारले पनि लकडाउन बढाउदैं लिएको छ । यस्तो बेला फ्रान्समा रहेका विभिन्न संघ संस्था तथा संयुक्त सयंन्त्रमार्फत नेपालीहरुमाझ राहतका कार्यक्रम लिन सकिन्छ ।’

अध्यक्ष शाहीले यसअघि संघले एक महिनाका लागि ५५ जना नेपाली विधार्थीलाई राहत वितरण गरेको जानकारी दिए ।

विश्वमा फ्रान्स कोरोना संक्रमितका हिसावले चौंथो स्थानमा छ । हालसम्म एक लाख ५१ हजार ७ सय ९३ जना कोरोनाबाट संक्रमित बनेका छन् । त्यसमध्ये कति नेपाली संक्रमित छन भन्ने एकिन तथ्यांक नभएपनि कुनै पनि नेपालीले ज्यान गुमाउनु नपरेको प्रवासी नेपाली एकता मञ्च, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्लेले बताए ।

उनले आफ्नो काम व्यवसायका बीच पनि नेपालीहरुलाई सुरक्षीत राख्न सबै लाग्नु पर्ने धारण राखे । उनले भने, ‘एनआरएनले राहतका कार्यक्रमहरु घोषणा शुरु गरेको छ । फ्रान्समा रहेका विभिन्न नेपाली संघ संस्थाको संयुक्त संयन्त्रले नेपालीहरुका लागि काम अघि बढाएको छ । नेपाली नागरिकहरुका लागि हामी पूर्ण प्रतिवद्ध छौं।’

उनले आफ्नो संयुक्त संयन्त्रले नेपाल सरकारले स्थापना गरेको राहत कोषमा २५ सय युरो सहयोग गर्ने तयारी गरेको पनि बताए ।

कोरोना भाइरसको विषम परिस्थितिमा नेपाली नागरिकका लागि काम गर्ने निकाय चुप बस्न नहुने नेपाली जनसम्पर्क मञ्च फ्रान्सका अध्यक्ष सुधीर रानाको भनाइ छ ।

उनले फ्रान्समा नव आगन्तुक तथा अवैधानिक (कागजी प्रक्रिया पुरा नगरेका) रुपमा बसेको नेपाली सबैभन्दा बढी मारमा परेको बताए । उनले भने, ‘यो महामारीको बेला लामो समयदेखि फ्रान्समा बस्दै आएका भन्दा नयाँ विधार्थी तथा कागजी प्रक्रिया पुरा नगरी विभिन्न तरिकाले यहाँ बस्ने नेपालीहरु समस्यामा हुनुहुन्छ । यो अवस्थामा छुट्टाछुट्टै भन्दा पनि संयुक्त संयन्त्रबाट काम गर्दा सहज हुन जान्छ । यसका लागि हामी पनि लागिरहेका छौं ।’

दुई वर्षदेखि फ्रान्समा नेपाली खानाको व्यापार गर्दै आएका रेष्टुरेन्ट व्यवसायी सम्पूर्ण पाठकले कोरोना भाइरस संक्रमण फैलदै जाँदा आफ्नो व्यवसाय पनि धरापमा परेको बताए ।

सरकारले १५ जुलाईसम्म लकडाउन घोषणा गर्दा रेष्टुरेन्टहरु पूर्ण रुपले बन्द भएका छन्’ उनले भने, ‘फ्रान्स सबैभन्दा धेरै कर तिर्ने मुलुक हो । हामीलाई कर तिर्नेदेखि भाडा तिर्नेसम्मका समस्याले पिरोलेको छ । अहिले ४५ प्रतिशतदेखि ५० प्रतिशतसम्म कर तिर्दै आएका छौं । व्यवसाय बन्द भएपछि यसको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।’

होटेल रेष्टुरेन्ट, चलचित्र घर र अधिकांश पसलहरू बन्द भएका छन् । घरबाहिर निस्कीन प्रतिबन्ध लगाईएको छ । फ्रान्सका विभिन्न स्थानमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको अवस्था झनै नाजुक बन्दै गएको छ ।

एनआरएनए लगायतका संघ संस्थाहरुले वितरण गरेको राहतको प्याकेज पनि थोरै छ । नेपाली विधार्थीहरु रिस्ता महर्जन र जमुना श्रेष्ठका अनुसार संघले १० किलो चामल, एक लिटर तेल, एक किलो नुन र एक किलो दाल वितरण गरेको थियो ।

उनीहरुले आफुलाई भन्दा नव आगन्तुक विद्यार्थीलाई आवश्यकता भएकाले राहतको उनीहरुले पाएको बताए । नेपाली विद्यार्थी रिस्ता महर्जनले भनिन्, ‘हामीलाई तत्काल राहतको आवश्यकता छैन । अहिले नयाँ विद्यार्थीहरु बढी समस्यामा पर्नुभएको छ । हामीले पनि राहतका लागि विवरण पठाएका छौं । राहत पाईन्छ भन्ने विश्वास छ ।’

नेपाली विद्याथीलाई राहत मात्रै नभएर भाषागत र कलेजको शुल्क सम्बन्धित समस्या परेको अर्का विद्यार्थी जमुना श्रेष्ठले बताइन् । उनले भनिन्, फ्रान्सेलीहरु आफ्नै भाषालाई प्राथमिकता दिने गरेका छन, ‘अंग्रेजी भाषाको माध्यमबाट पनि कुरा गर्न सकिन्छ । तर फ्रेन्च बढी प्रयोग हुँदा यस्तो बेला केही समस्या आईपरे डाक्टरसंग परामर्श लिन तथा समस्या राख्नका लागि समस्या भएको छ ।’ उनीहरुले नेपाली संघ संस्थाहरुले यस्ता समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन् ।

यतिमात्र नभएर नेपाली विद्याथीलाई कलेज शुल्क तिर्न पनि मुस्किल पर्दै गएको छ । कलेजहरुले शुल्क मिनाहा तथा सहुलियतबारे धारणा सार्वजनिक गरेका छैनन् । कमाउने अजस्था पनि नभएकाले कसरी शुल्क तिर्ने समस्या आईपरेको छ ।

नेपाली मूलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समुहको तर्फबाट आगामी चुनावका लागि फ्रान्सको एक नगरमा उपप्रमुखको उम्मेदवारी दिएका छन् ।

एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष तथा हालका संरक्षकसमेत रहेका अर्यालले महामारीका बेला फ्रान्स सरकार पनि नेपाल सरकार जस्तै नागरिकका समस्या समाधानमा चुकेको उल्लेख गरे ।

अप्रत्यासित समस्याबाट सरकार हायलकायल भएकाले केही समस्या आइपरेको बताए । उनले भने, ‘सरकारले ल्याएका नीतिहरु अपूर्ण जस्तो देखिएपनि विस्तारै त्यसले पूर्णता पाउ“छ । सामाजिक संरचना र सेवा सुविधाका हिसावले सम्पन्न मुलुक यस्ता समस्या आउनु स्वभाविक हो ।’

नेपालीहरुका समस्या समाधानका सबै तह मिल्नुको विकल्प नरहेको उनको भनाइ छ । विश्वको राम्रो उपचार प्रणाली र स्वास्थ सुविधा भएको फ्रान्स छैटौं ठूलो अर्थतन्त्र भएको मुलुक पनि हो ।

अर्यालका अनुसार फ्रेन्च सरकारले नेपालीलाई सहुलियतमा ऋण व्यवस्था गरेको छ ।

फ्रेन्च सैनिक सेवामा कार्यरत लक्ष्मण गगनले करिब एक हजार नेपालीहरु सैनिक सेवामा रहेको उल्लेख गरे । उनले सैनिकहरुका परिवारसमेत गर्दा करिब १५ सय नेपाली नागरिकहरु यहँ“ रहेको बताए । तर सुरक्षीत रहने धेरै आधारहरु भएकाले आत्तिनु पर्ने अवस्था नआएको बताए ।

नेपाल–फ्रान्समैत्री समाजका अध्यक्ष विनोद खकुरेलले नेपालमा थुनिएका फ्रान्सेली नागरिकको उद्धारमा नेपाल सरकारले सकारात्मक भुमिका खेलेको भन्दै फ्रान्सले नेपालीहरुलाई सहयोग गर्ने बताए । उनले एकअर्कामा भातृत्वको सम्बन्ध विस्तार गरी कोरोनाका महामारीविरुद्ध लड्नुपर्ने आवश्यकता औल्याए ।

फ्रान्समा पाँच हजारको हाराहारीमा नेपालीहरु छन् ।

फ्रान्समा हालसम्म कोरोना भाइरस (कोभिड–१८) को संक्रमण एक लाख ५१ हजार ७ सय ९३ जना परेका छन् । संक्रमित मध्ये १९ हजार ३ सय २३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ५ : १५ बजे

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका