प्रदेश २ : ५५१ को स्वाब परीक्षण हुँदा ५१२ को रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

प्रदेश २ : ५५१ को स्वाब परीक्षण हुँदा ५१२ को रिपोर्ट नेगेटिभ


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म छजनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यसैगरी आरडिटी किटबाट परीक्षणका लागि शनिबारसम्म १ हजार ८२२ जनाको स्याम्पल सङ्कलनमा एक हजार ८१९ जनाको रिपोर्ट निगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९४० जनाको आरडिटी सङ्कलन गरिएको हो ।

हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९२३ जनाको आरडिटी परीक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी सप्तरी जिल्लाबाट २८७ जनामा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ, सर्लाहीबाट ५४ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आरडिटीमा देखाएको छ ।

सिरहाबाट ११०, धनुषा र महोत्तरीबाट ५४/५४, रौतहटबाट २७८ र बाराबाट ६२ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ ।

आरडिटी परीक्षणमा पोजेटिभ देखाइएकाको पुनः स्वाब परीक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै आधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी प्रदेश नं २ भरिका १७१ वटा क्वारेन्टाइनमा एक हजार २६५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार ६७७ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा हरिशचन्द्र यादवले जानकारी दिए ।

डा यादवका अनुसार सप्तरीमा ५८७ श्ययाको ३२ वटा, सिरहामा २५८ श्ययाको १७, धनुषामा ३६२ श्ययाको १७, महोत्तरीमा ३८८ श्ययाको १९, सर्लाहीमा ४१७ श्ययाको ३७, रौतहटमा ७०५ श्ययाको १६, बारामा ४०४ श्ययाको १७ र पर्सामा ४८८ श्ययाको १६ वटा क्वारेन्टाइन हालसम्म निर्माण भइसकेको छ ।

प्रदेशका आठवटै जिल्लामा २२० श्ययासहितको आइसोलेशन वार्ड निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० श्ययासहित आइसोलेशन वार्ड निर्माण गरिएको छ । तीमध्ये सिरहामा चार, धनुषामा चार, बारामा दुई र पर्सामा चारजना गरी प्रदेशभरिमा जम्मा १४ जना आइसोलेशन वार्डमा भर्ना भएको अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  २ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन