दक्षिण कोरियामा कोरोना नियन्त्रण उन्मुख, २४ घण्टामा आठ व्यक्तिमा मात्र संक्रमण | Khabarhub Khabarhub

दक्षिण कोरियामा कोरोना नियन्त्रण उन्मुख, २४ घण्टामा आठ व्यक्तिमा मात्र संक्रमण


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया- दक्षिण कोरियामा विगत २४ घण्टामा आठ व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो।

आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको बीबीसीले उल्लेख गरेको छ ।

कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो।

त्यहाँ सङ्क्रमितको सङ्ख्या १०,७०० पुगेको छ भने २३४ जनाले कोरोनभाइरसका कारण ज्यान गुमाएका छन्।

फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो।

कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेको थियो।

राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए।

व्यक्तिगत दूरी कायम गर्ने अभियानलाई थप बढाउने कि नबढाउने भन्ने विषयमा अधिकारीहरूले आइतवार सोलमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ११ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०