कालमाथिको विजय | Khabarhub Khabarhub

कालमाथिको विजय


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाराज युधिष्ठिर एक मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे । बदमास गुन्डाहरूले उनको गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई एकैछिन बाहिर प्रतीक्षा गर्न लगाए ।

मन्त्रीसँगको वार्तालापपछि युधिष्ठिसँग भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् । अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी निकै थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने– आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु । युधिष्ठिर आराम कक्षतिर लम्किए ।

ब्राह्मण निकै दुःखी भए र घरतिर हिँडे । बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब भीमले उनले युघिष्ठिरले भोलि बोलाएको थाहा पाए, तब उनले तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए ।

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । त्यहाँ उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे । भीमले भने– महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् । ‘हँ, तिमी यो के भन्दै छौ !’ युधिष्ठिरले छक्क पर्दै सोधे ।

हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्वसमा यी नगरा बजेका हुन् महाराज ! भीमको भनाइ सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले ती ब्राह्मणका समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : २९ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो