कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण « Khabarhub

कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि स्पेन सरकारले सबै नीजि- अस्पताललाई पनि राष्ट्रियकरण गरेको छ ।

स्पेन सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने सबै स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको हो ।

पेड्रो सान्चेज सरकारले स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले उक्त घोषणा गर्दै स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन्

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन पनि एक हो । स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चालिरहेको छ।

गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिसकेको स्पेनमा स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ ।

नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

स्पेनमा बुधबार रातिसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ६९ जना कोरोनाबाटै संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५७ बजे

अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित

लमजुङ- लमजुङका नागरिक समाजका अगुवाहरूले गण्डकी प्रदेश सरकाले जिल्ला अस्पताल

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

काठमाडौँ– नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले

सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने

भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क

अछामका १० पालिकाको वार्षिक राजश्व ६ करोड 

अछाम- अछामका १० वटा पालिकाले वार्षिक रूपमा करिब ६ करोड

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै, पछिल्लो २४ घण्टामा १३ हजारभन्दा कम फेला

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम कोरोना