बन्द गरिए सबै फिल्म हल | Khabarhub Khabarhub

बन्द गरिए सबै फिल्म हल


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्लब, मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले सचेतना अपनाएको छ । सरकारले विनाकाम कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोनाको प्रभावले नेपालका सबै हल वैशाख १८ गतेसम्म बन्द गरिने भन्दै राजधानीका मल्टिप्लेक्स हलहरुले बुधवार राति नै सूचना जारी गरेका थिए ।

क्युएफएक्स सिनेमाजले ‘तपाईंको सुरक्षा हाम्रो प्राथमिकता’ भन्दै सूचना जारी गर्दै हल बन्द गरिएको जनाएको छ ।

नेपालमा केही हप्तायता कोरोना त्रास फैलिएसँगै फिल्म हलमा दर्शकको उपस्थिति न्यून थियो ।

हलमा प्रदर्शन गरिएका केही फिल्म भने अब स्वतः स्थगित भएका छन् । नेपाली फिल्म ‘आमा’ बुधवारसम्म प्रदर्शनरत थियो भने अन्य विदेशी फिल्म पनि प्रदर्शनमा थिए ।

यद्यपि हलमा आगामी फिल्मको सूचीमा भने कुनै फिल्म पनि थिएनन् ।

कोरोनाकै कारण चलचित्र नीरफूल, म यस्तो गीत गाउँछु २, हलिउड र बलिउड फिल्मले पनि आफ्नो रिलिज डेट सारेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : १९ बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन