वाइ वाइ ग्लोकल टीन हिरो ईन्डिया २०२० को आवेदन आह्वान | Khabarhub Khabarhub

वाइ वाइ ग्लोकल टीन हिरो ईन्डिया २०२० को आवेदन आह्वान


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो ।

यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ ।

यसैबिच ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो सस्करन सन्चालने भएको छ। दोस्रो सस्करणको घोषणा गरिए सगै ग्लोकल प्रा। लि एवम सिवाइडीए ( भारतीय पार्टनर ) दुबै पक्षले खुशी ब्यक्त गरेका छन।

ग्लोकल प्रा. ली. र भारतिय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्राउने प्लाजामा एक कार्यकम्र आयोजना गरेर वाइ वाइ ग्लोकल टीन हिरो ईन्डिया को दोस्रो सस्करन सन्चालने भएको घोष्णा गरेको छ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले आबेदन भर्न सक्ने छन।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो ।

ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य हामीले लिएका थियौ। ग्लोकल टीन हिरो को विरासतलाई अघी बढाउने प्रथम राष्ट्र ईन्डिया हो। तेसैले ग्लोकल टीन हिरो ईन्डिया को दोस्रो सस्करण बाट नबिन प्रतिभाको राष्ट्रिय एवम अन्तरराष्ट्रिय रुपमा महत्व राख्दछ ।

२०१९ मा ग्लोकल टीन हिरो बाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरिहरु सम्मनित भएक थिए। ग्लोकल टीन हिरो ईन्डिया को पहिलो बिजेता युवा नवप्रबर्तक, कम्प्युटरमा रुची राख्ने मोनिश्वरन महेशवरन बनेका थिए। त्यस्तै उध्यमी रुपम घोश, “Jhutpat Logistic” का लक्ष्य चब्र, K Star का संस्थापक एवम नवप्रबर्तक कुनाल चन्दिरामनी, सामाजिक अभिएन्ता कौशल गोहिल तथा युवा बातावरणबिध गर्विता गुल्हाटी पनि सम्मनित भएका थिए ।

प्रतिभावन किशोर किशोरि लाई एउटै मन्चमा ल्याउने लक्ष लिएको ग्लोकल टीन हिरोले Title Sponser को रुपमा वाइ वाइ, ईण्डियन पार्ट्नरको रुपमा CDYA रहेको छ ।

ग्लोकल प्राली का संस्थापक आशिष ठाकुर भन्छन् “ हामी नेपालबाट मात्र नभइ दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनिहरुको प्रतिभालाई बिश्वमाझ चिनाउन अग्रसर रहेका छौ।”

यसै कार्यक्रम बिच भारतीय राजदुताबास द्वीतीय सचिव केपी सिंहले यस्तो कार्यक्रम हुन गइरहेकोमा हर्ष व्यक्त गरे ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।

ग्लोकल टीन हिरो ईन्डिया को अवेदन जनवरी ७, २०२० का दिन खुल्ल गरिसकिएको छ । अवेदक हरुको अवेदनको महत्वपूर्ण मुल्याङ्कन सात जाना निर्णयक टोलीले गर्ने छन । राज्य सभा का प्रतिनिधि वन्दना हेमन्त चावन, सीडीवाइएका सचिब म्याथएव म्याथम तथा अदामस बिश्वबिद्यालयका भाइस चन्सेलओर प्रोफ । उज्ज्वल चौधरी टीन हिरो का निर्णयक टोली रहने छन।

ग्लोकल टीन हिरो ईन्डिया २०२० को पुरस्कार समारोह जुन ४,२०२० पुने, ईन्डियामा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी ईन्डियाका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो ।

अन्लाईन आवेदन निशुल्क भर्न सकिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  २ : १६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न