नेहा कक्कडले पूर्वप्रेमीलाई दिइन् चेतावनी, भनिन् – मेरो नाम प्रयोग गर्ने हिम्मत नगर | Khabarhub Khabarhub

नेहा कक्कडले पूर्वप्रेमीलाई दिइन् चेतावनी, भनिन् – मेरो नाम प्रयोग गर्ने हिम्मत नगर


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – नेहा कक्कडका पूर्वप्रेमी हिमांश कोहलीले हालै खुलासा गरेका छन् कि, नेहासँग उनले बिहे गर्न चाहन्थे । नेहा आफैले ब्रेकअप गरेकी हुन् ।

हिमांशले एक अन्तर्वार्ताका दौरान कतिपयले ब्रेकअपको मौका कुरेर बसेका थिए । जसकारण दर्शकले आफ्ना बारेमा गलत धारणा बनाएको बताएका थिए ।

हिमांशको यस्तो धारणा बाहिर आएपछि नेहा कक्कडले प्रतिक्रिया जनाएकी छिन् । उनको प्रतिक्रियामा आक्रोश छ ।

हालै नेहाले आफ्नो इन्स्टाग्राम पोस्टमा कसैको नाम नलिएरै हिमांशमाथि खनिएकी छिन् ।

नेहाले इन्स्टा पोस्टमा लेखेकी छिन्, ‘जो मान्छे मेरा बारेमा गलत बोल्छन्, उनीहरु मसँग जल्ने गर्छन्, र उनीहरु फेक हुन्, पहिले पनि प्रयोग गरे, अहिले पनि प्रयोग गरिरहेका छन्, ओए, आफ्नो कामले फेमस बन्, मेरा कारणले होइन ।’

नेहाले फेरि चर्चामा आउनका लागि आफ्नो नाम प्रयोग नगर्न पनि चेतावनी दिएकी छिन् ।

‘म यहाँ तिम्रो बुबा, आमा र बैनीको कर्मको पनि बयान गर्नेछु, जो उनीहरुले मेरो बारेमा भने र गरे,’ नेहाले आक्रोश पोख्दै लेखेकी छिन्, ‘म तिमीहरुलाई चेतावनी दिइरहेकी छु, मेरो नाम प्रयोग गर्ने हिम्मत नगर, मलाई खलनायक बनाउने कोशिश पनि नगर, मसँग र मेरो नामसँग टाढै बस ।’

हिमांश कोहलीले ब्रेकअपको निर्णय आफूले नलिएको र नेहाले आफै लिएको बताएका थिए । उनले नेहाले आफूहरुको सम्बन्धलाई अगाडि बढाउन नचाहेको बताएका थिए ।

पछिल्लो समय नेहा इन्डियन आइडलमा निर्णायकको भूमिकामा समेत छिन् । नेपालमा आएर प्रस्तुति दिएका नेहाका कैयन् गीत हिट छन् ।

 

View this post on Instagram

 

Love You Guddu ?? . Bhagwaan Ki Daya Se, By The Grace of God, I have Everything one wishes from Life ?? Really Really Happy that I’m living a Happiest Life and that’s because of Good Deeds, Good Karma! ❤️??? Log Jo Bhi Bura Bolte Hain Mere Baare Mein They’re nothing but FAKE AND JEALOUS and USING MY FAME to appear in News. Pehle bhi Use Kiya, Mere Peeche se bhi Use Kar Rahe Hain. Oye! Get Famous coz of Your Work, Not bcz of Me. Don’t Use My Name to get famous again. If I open My Mouth…………. I’ll bring here your Mother, Father and Sister’s deeds too.. What all they did and said to me. Don’t You Dare Use My Name and Dont become Bechaara in front of the world, making me look like a villain, Warning You!!!!! ⚠️ Stay Away from Me and My Name!!!!!! ??

A post shared by Neha Kakkar (@nehakakkar) on

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ४५ बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल