धुर्मुस भन्छन् – ‘सेन्टीभाइरस’ ले दर्शकलाई मनोरञ्जन दिन्छ | Khabarhub Khabarhub

धुर्मुस भन्छन् – ‘सेन्टीभाइरस’ ले दर्शकलाई मनोरञ्जन दिन्छ


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रवार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टीभाइरस’ को चर्चा छ । चिववनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) पछिल्लो समय फिल्मका कारणले थप व्यस्त छन् ।

फिल्मको प्रचारका लागि यतिबेला राजधानीमा रहेका धुर्मुसले पत्रकार भेटघाटमा आफ्नो अभिनय रहेको फिल्म ‘सेन्टीभाइरस’ राम्रो बनेको प्रतिक्रिया दिए ।

‘हामीले सन्देशसहित दर्शकलाई मनोरञ्जन दिने खालको फिल्म बनाएका छौं, यो फिल्मको आधा नाफा चितवनमा बन्दै गरेको रंगशालाको सहयोगार्थ हुन्छ,’ कट्टेलले भने, ‘फिल्म मनोरञ्जनमूलक बनेको छ, समय दिन पाएको भए अझै राम्रो बन्थ्यो भन्ने चाहिँ लाग्छ ।’

रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म लामो समयदेखि बन्ने चर्चा थियो । आफ्नो व्यस्त समयका कारण धुर्मुस फिल्मको प्रचारका लागि खासै हिँड्न पाएका छैनन् ।

फिल्ममा धुर्मुसका अलावा दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी रुचाउने दर्शकले यो फिल्म मन पराउने अनुमान गरिएको छ । यसअघि रिलिज भएको फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।

फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् भने कुमार कट्टेल र दीपक आचार्यले कथा लेखेका हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन र शंकर बिसीको कोरियोग्राफी छ ।

तस्वीरहरू: अर्घेलो थापा

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : १७ बजे

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक