कामुक फोटो पठाएर इजरायली सेनाको फोन ह्याक | Khabarhub Khabarhub

कामुक फोटो पठाएर इजरायली सेनाको फोन ह्याक


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ह्याकरहरुले युवतीका कामुक फोटो पठाएर इजरायली सेनाका दर्जनौ सैनिकहरुको स्मार्टफोन ह्याक गरेका छन ।

इजरायली सेनाका प्रवक्ताका अनुसार सैनिकहरुलाई ह्याकरहरुले युवतीहरुको कामुक फोटो पठाएर  एक एप्लिकेशन डाउनलोड गर्न उक्साएका थिए ।

यो ह्याकिंग हमास संगठनसँग जोडिएका मानिसहरुले गरेका हुन सक्ने आंकलन गरिएको छ । गाजामा नियन्त्रण रहेको चरमपन्थी गुट हमास र इजरायलबीच पहिलैदेखि शत्रुतापुर्ण सम्वन्ध छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक गर्ने यो तेस्रो र हालसम्मको सबैभन्दा जटिल प्रयास हो ।

उनीहरुले ह्याक गर्न सिकीरहेको देखिएको र आफ्नो क्षमतालाई बढाएको उनले बताए । कर्नेत कार्निकसका अनुसार ह्याकरहरुले धेरथोर हिब्रु बोल्ने र आफु प्रवासी भएको दाबी गर्ने युवतीहरुलाई आफ्नो ह्याकिंग आधार बनाएका थिए ।

सैनिकहरुसँगको मित्रतापछि ती युवतीहरुले केहि लिकंहरु पठाएका थिए र उनिहरुले यसबाट आफुहरुको फोटो पठाउने बताएका थिए । तर लिकंहरु भाइरस भएको र त्यसले स्मार्टफोनलाई ह्याक  गरेको बताइएको छ ।

एकपटक यस लिंकमा क्लिक गरेपछि यो लिंकले ह्याकरहरुलाई स्मार्टफोनको डाटा, लोकेशन र फोटोहरुमा एक्सेस गर्न सक्ने बनाइदिन्थे ।

यतिमात्रै नभई ह्याकरहरुले यसबाट फोनलाई कन्ट्रोल गर्न पनि सक्दथे । जसबाट उनिहरुले स्मार्टफोन यूजरको जानकारी बिनानै भिडियो र अडियो रेकर्ड पनि गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : २७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न