प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा | Khabarhub Khabarhub

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत सभापति देउवाले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरे ।

विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले बताए ।

‘प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनले देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रूपमा अग्रगामी परिवर्तन ल्यायो’, विज्ञप्तिमा उल्लेख छ ।

यसले जातजाति, धर्म, लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषणरहित समाज निर्माणमा मुलुकलाई अग्रसर गराएको सभापति देउवाले उल्लेख गरे ।

प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उनको भनाइ थियो ।

देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताए ।

प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : ५६ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको