पश्चिमी वायु सक्रिय, आज वर्षासँगै हिमपातको सम्भावना (तीन दिनको मौसमसहित) | Khabarhub Khabarhub

पश्चिमी वायु सक्रिय, आज वर्षासँगै हिमपातको सम्भावना (तीन दिनको मौसमसहित)


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले  पश्चिमी वायुको प्रभाव स्वरुप मुलुकका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेकाे जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यदेखि आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन