चोरीका चार वटा मोटरसाइकल बरामद | Khabarhub Khabarhub

चोरीका चार वटा मोटरसाइकल बरामद


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् ।

जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् ।

“भारतीय सीमावर्ती बजार नजिकै भएकाले यहाँ चोरीका मोटरसाइकल बढी गुड्ने गरेका छन्”, थापाले भने, “दुर्घटनामा चोरीका मोटरसाइकल प्रयोग भएको अनुसन्धानमा पाइएपछि त्यस्ता सवारीसाधन नियन्त्रणको रणनीति लिएका हौँ ।”

गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना हुने नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको अभियानका क्रममा चार वटा चोरीको मोटरसाइकल बरामद गरिएको थापाले बताए ।

“हामीले जिल्लाको भित्री सडकमा सवारीसाधन जाँचलाई कडाइ गर्न थालेका छौँ”, थापाले भने, “हाम्रो जाँचका क्रममा एकै दिन चार वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भयौँ ।”

ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताए ।

नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु४२प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भएको थापाले बताए ।

त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताए ।

हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिए ।

करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०१ बजे

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ– गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका