चार तोला सुन र नगद ७० हजारसहित भेटिएको झोला हस्तान्तरण | Khabarhub Khabarhub

चार तोला सुन र नगद ७० हजारसहित भेटिएको झोला हस्तान्तरण


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँं– तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला पोखरास्थित बैदाम प्रहरी चौकीको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

उनीहरुले तनहुँको घाँसीकुवामा खाजा खाने क्रममा एउटा कालो झोला भेटाएका थिए । झोला खोलेर हेर्दा  त्यहाँ नगद करिब ७० हजारसहित चार तोला भन्दा बढीको गरगहना फेला पारेका थिए ।

उक्त गरगहना तथा नगद भेटिएको बारेमा हरि श्रेष्ठले फेसबुकमा लेख्दै जीवनमा पुण्यको काम गर्न पाएकोमा गर्व गरेका छन् ।

उनले सो सामान मोरङ जिल्ला घर भएका एक व्यक्तिलाई इटहरी जाँदै गर्दा चितवनबाट फर्कन लगाएर हस्तान्तरण गरिएको फेसबुकमा लेखेका छन् ।

ठाटिपोखरी एकता बाल क्लबको व्यवस्थापन गर्दै आएका  ऋषि राम देवकोटा, सुरज राजभाट र हरि श्रेष्ठले उक्त सामान हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ४४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०