एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित | Khabarhub Khabarhub

एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा एनआरटीले एपीएफलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४ औं मिनेटमा एनआरटीका आन्द्रे थेरीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए भने ४१ औं मिनेटमा एपीएफका आशिष लामाले एक गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए ।

एनआरटी र एपीएफबीचको खेल पहिलो हाफमा १–१ गोल बराबरी रहेको थियो । तर, दोस्रो हाफको ८ औं अर्थात ५३ औं मिनेटमा लामाले टीमका लागि दोस्रो गोल गर्दै एनआरटीविरुद्ध २–१ गोलको अग्रता बनाएको थियो ।

तर, खेलको ८० औं मिनेटमा एपीएफका विरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गर्दा एनआरटीले पाएको उपहार गोलमा खेल २–२ गोल बराबरी भएको थियो ।

त्यसको ५ मिनेटमपछि एनआरटीका दर्शन गुरुङले गोल गर्दै टिमलाई ३–२ को महत्वपूर्ण जित दिलाएका हुन् ।

७ खेलमा ४ जित १ बराबरी र २ हार व्येहोरेको एनआरटी लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिगमा १३ अंक पाएपनि अघिल्लो बर्ष पुछारमा रहेको एनआरटीले २ अंक घटुवा भएको हो ।

योसँगै लिग थ्रीस्टार क्लब, एनआरटी र नेपाल पुलिस क्लबको ११ अंक छ । तर, यी टोली क्रमश ः चौथो, पाँचौ र छैठौं स्थानमा छ । पराजित एपीएफ ७ खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यता, दोस्रो खेलमा फ्रेन्ड्सले सरस्वतीविरुद्ध ४–१ गोलको शानदार जित हात पारेको छ । फ्रेन्ड्सका लागि उत्तम राईले २ गोल गर्दा साउलो डि अक्वाइनो र वाग्नर डि कार्मोले एक–एक गोल गरे ।

सरस्वतीविरुद्ध खेलको ५ औं मिनेटमा उत्तम राईले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका थिए भने साउलो डि अक्वाइनोले २४ औं मिनेटमा, वाग्नरले ७० औं मिनेटमा र उत्तम राईले व्यक्तिगत दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए भने फ्रेन्ड्स क्लबविरुद्ध सरस्वतीका कजेम अदेगोके बुसारीले ८० औं मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै फ्रेन्ड्स ८ अंकसहित ९ औं स्थानमा उक्लिँदा पराजित सरस्वतीले जीत विहीन पुछारमा रहेको छ ।

लिगको शीर्ष स्थानमा ६ खेलबाट १३ अंक जोडेको नेपाल आर्मी क्लब छ भने मछिन्द्र क्लब र मनाङको समान ७–७ खेलबाट १३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : २८ बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।