कांग्रेसले बुझायो सीडीओेमार्फत सरकारलाई देशभरबाट विरोधपत्र | Khabarhub Khabarhub

कांग्रेसले बुझायो सीडीओेमार्फत सरकारलाई देशभरबाट विरोधपत्र


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शन गर्दै सरकारलाई देशभरबाट विरोधपत्र समेतपठाएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएका हुन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको हुँदा त्यसको विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको हो ।

पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।

यसैक्रममा काठमाडौं सहित देशका सबै जिल्लामा कांग्रेसका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्दै विरोधपत्र पठाएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ३८ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको