राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन् ।

सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे । एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे ।

सांसद कुँवरले मुलुकभित्रकै स्रोतसाधन परिचानल गर्न सके विकास गर्न बाह्य सहयोगका लागि हात फैलाउनु नपर्ने बताए । साथै उनले वर्तमान कम्युनिष्ट सरकारले द्वन्द्वपीडित घाइते र शहीद परिवारका समस्या शीघ्र सम्बोधन गर्नसमेत माग गरे ।

बैठकमा सांसद कोमल वलीले ‘एमसीसी’का सम्बन्धमा सबै दल र ठूला नेताले विरोध नजनाएको उल्लेख गर्दै यस बारेमा सरकारले जनतालाई यथार्थ बुझाउन नसक्दा भ्रम फैलाउने काम भएको तर्क गरिन् । ुलामो समयदेखि विभिन्न मापदण्ड पालना गरेपछि मात्रै नेपालले यो सहयोग प्राप्त गर्न लागेको जानकारी गराउँदै उनले यस विषयमा दातृ निकायको दूतावसासमेतले एमसीसी कुनै पनि सैनिक गठबन्धनसँग सम्बन्धित नभएको भनी स्पष्ट पारिसकेको बताइन् ।

सांसद रमेशजङ्ग रायमाक्षीले लोकतान्त्रिक अधिकार हनन हुने विधेयकलाई पारित गर्दा विवेक प्रयोग गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार भए पनि प्रधानमन्त्री बस्ने निवासका रुपमा रहेको बालुवाटारमा नै अहिले सबै सरकारी कामकारवाही हुने र भेटघाट गर्ने गरिएको भन्दै आपत्ति प्रकट गरे । उनले गोकर्ण रिसोर्टको जग्गा यति समूहलाई भाडामा दिएको विषयमा प्रश्न उठाए ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १:०० बजे बस्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ३० बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा