प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थप | Khabarhub Khabarhub

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्री थप


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका छन् ।

अम्बिरबाबु गुरूङ, रामबहादुर मगर, जसमाया गजमेर र विजयकुमार विश्वासलाई मुख्यमन्त्री राईले राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गुरूङ भौतिक पूर्वाधार विकास, मगर भूमि व्यवस्था, कृषि तथा सहकारी, गजमेर सामाजिक विकास र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका छन् ।

प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले अपराह्न एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको जनाएका छन् ।

यससँगै प्रदेश १ को मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०