राजकुमार ह्यारी र मेगनको शाही उपाधि समाप्त | Khabarhub Khabarhub

राजकुमार ह्यारी र मेगनको शाही उपाधि समाप्त


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहने भएका छन् ।

बकिङघम दरबारबाट जारी एक विज्ञप्तीमा राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरिएको हो ।

ह्यारी र मेगनकै चाहनाअनुसार बकिङघम दरबारले उनीहरुलाई राजपरिवारको सदस्यका रुपमा पाइने जिम्मेवारीबाट ‘मुक्त’ गरेको हो ।

ह्यारी र मेगनले हालै मात्रै राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने तथा बेलायत र उत्तर अमेरिकामा ‘निजी जीवन’ व्यतित गर्ने घोषणा गरेका थिए ।

बेलयातकी महारानी एलिजाबेथले एउटा छलफल पछि ह्यारी र मेगनको राजपरिवारको सदस्यका रुपमा प्राप्त जिम्मेवारी परित्याग गर्ने घोषणामा सहमति जनाएकी हुन् ।

बकिङघम दरबारका अनुसार ह्यारी र मेगनको शाही पदसँगै उनीहरुले पाउने सैन्य पद पनि हट्ने जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ०९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६