अन्नपूर्ण पदमार्गमा चार कोरियाली र तीन नेपालीसहित ७ जना अझै बेपत्ता | Khabarhub Khabarhub

अन्नपूर्ण पदमार्गमा चार कोरियाली र तीन नेपालीसहित ७ जना अझै बेपत्ता


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शकको अवस्था अझै अज्ञात रहेको छ ।

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हिजो(शनिवार) हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका सय भन्दा बढीलाई तीन वटा हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०