कपाल प्रत्यारोपण के हो, रोपेको कपाल काट्न मिल्छ ? | Khabarhub Khabarhub

कपाल प्रत्यारोपण के हो, रोपेको कपाल काट्न मिल्छ ?


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्वमा प्रत्यक्ष असर गर्ने कपाल शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण छ ।

कपालले मानिसको सौन्दर्य बढाउँछ । तर कतिपय अवस्थामा हेरचाह र स्याहार नपुग्दा कपाल झर्ने र तालु खुइलिने समस्या हुन्छ ।

अधिकांशमा वंशाणुगत कारणले कपाल झरे पनि केहीमा भने कपालमा लगाउने क्रिम, तेल, जेल, रंग र स्ट्रेट गरेका कारणले पनि कपाल झर्दछ । यसरी कपाल झरेको कारण धेरै मानिसहरु चिन्तित रहने गर्दछन् ।

पछिल्लो समय कपाल प्रत्यारोपणप्रति मानिसको मोह बढ्दो छ ।

के हो कपाल प्रत्यारोपण ?

कुनै पनि व्यक्तिको कपाल नभएको स्थानमा कपाल रोप्नुलाई प्रत्यारोपण गर्नु बुझिन्छ । अर्थात टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको अर्थात् गर्धनको कपाल उखेलेर रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ ।

यस्तोमा गर्धनको कपाल जरा सहित निकालेर कपाल एउटा–एउटा गरेर तालुमा रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्दछ । यसरी रोपिने कपाल उखेलेको ६ घण्टाभित्रै प्रत्यारोपण गरीसक्नु पर्छ अन्यथा कपालको कोष मर्दछ ।

कपाल रोपेको एक सातामा २० प्रतिशतसम्म कपाल आफैं झर्दछ । तर यो कपाल पुनः पलाउँछ । प्रत्यारोपण गरेको तीन महिनामा रोपिएको कपालको मौलिक जरा बनिसक्छ । प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ ।

यो सामान्य कपालजस्तै बढ्छ र यसलाई सामान्य कपाल झै धुन, तेल लगाउन, कोर्न र काट्न समेत मिल्दछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०७ बजे

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो