टहरा हटाइएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु | Khabarhub Khabarhub

टहरा हटाइएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक विज्ञप्ति प्रकाशन गदै कर्फ्यु लगाएको जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतबार बिहान ८.०० बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइएको जानकारी गराइएको छ ।

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा (३क) बमोजिम कर्फ्यु लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिनु भएको छ ।

बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणदिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको जानकारी दिइएको छ ।

टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्याक्रम राखेका थिए ।

स्थानीयबासी हेमन्त श्रेष्ठले नगरपालिकाले बिना मापदण्ड र पक्षपाती ढंगले टहरा हटाएको कारण प्रर्दशन गर्नु परेको गुनासो गरेका छन् ।
गर्नु भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : १३ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार