चिनियाँ पेस्तोलसहित २ जना पक्राउ | Khabarhub Khabarhub

चिनियाँ पेस्तोलसहित २ जना पक्राउ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

दुवैजनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

दुवैलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।

बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर भएको दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटना स्थलमा पुगेको थियो ।

शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : १० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।