बोल्दा-बोल्दै भुसुक्क निदाउँछन् यहाँका सबै मानिस | Khabarhub Khabarhub

बोल्दा-बोल्दै भुसुक्क निदाउँछन् यहाँका सबै मानिस


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कस्तो अनौठा स्थान, जहाँका मानिस बोल्दा बोल्दै भुसुक्क निदाउँछन् ।

त्यो पनि एकजना होइन, दुइ जना होइन गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् । यो प्रसङ्ग काजिकिस्तानको एउटा गाउँको हो ।

यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजिकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउँन सक्दछन् ।

अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।

त्यो समयमा केहि बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुका अनुसार यस्तो कारण जान्ने जति प्रयास गरेपनि नसकेको बताएका छन् । केहि अनुसन्धान कर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् ।

कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् । युरेनियमबाट निस्किने ग्यासहरुले शरिरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५४ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।